Friday, March 2, 2018

नेपालमा लगानी गर्न ओली सरकारले चीनलाई बोलाउने

नेपालमा लगानी गर्न ओली सरकारले चीनलाई बोलाउने 

Image result for china country flag

केपी शर्मा ओली प्रधानमन्त्री भएलगतै चीनलाई प्राथमिकताको क्षेत्रमा लगानी गर्न नेपाल सरकारले आमन्त्रण गरेको छ ।
 
कृषि, पर्यटन, उर्जा, औषधि र भौतिक पूर्वाधार लगायत प्राथमिकताका क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने लक्ष्यका साथ ओली सरकारले चीन सरकारलाई आमन्त्रण गरेको हो ।

नेपालमा निर्यात औद्योगिक क्षेत्र ऐन २०१६, विशेष आर्थिक क्षेत्र २०१६, नेपाल व्यापार अभिबृद्धि रणनीति २०१६ लगायत व्यापार तथा लगानी भित्रयाउने ऐन-कानुनको निर्माण गरिएको छ ।

नेपाल व्यापार अभिवृद्धि रणनीतिले पाँच वर्षसम्म मुलुकमा तीव्ररुपमा औद्योगिक विकास गर्ने कुरालाई प्राथमिकतामा राखेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालमा व्यापार तथा लगानी ल्याउन सहजीकरण गरिदिन नेपाल र चीनका संगठनलाई आग्रह गर्दै पत्र लेखेको हो । लगानी भित्रयाउन कानुनी प्रावधानलाई सहज र सरल बनाउने कुरा चीनलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।

नेपाल-चीन पारिस्परिक सहयोग समाजका अध्यक्ष प्रेमसागर पौडेलले नेपालमा चिनियाँ लगानी भित्र्याउन चीनका ब्यापारी र ब्यापारिक संघसंस्था ब्यग्रताका साथ पर्खिरहेका बताए । 'केपी नेतृत्वको सरकारले लगानीमैत्री वातावरण बनाउनेमा चिनियाँ कम्पनी विश्वस्त रहेका छन्', उनले भने ।
चीनस्थित सुईनिङ्ग चेम्बर अफ कमर्सका अध्यक्ष मि वाङ्गले आफुसँगको भेटमा नेपालमा लगानीको लागि इच्छा प्रकट गरिसकेका पौडेलले बताए ।
उनले नेपालको आग्रहलाई चीनका संघसस्थाले सकारात्मक रुपमा लिँदै लगानीका लागि तयार भएको बताए । नेपालको आर्थिक विकास र समृद्धिका लागि नजिकका दुवै ठुला छिमेकी चीन र भारत दुवैको सहयोग अपरिहार्य छ । मुलुकको तीव्र आर्थिक विकासका लागि नेपालले प्राथमिकतका केही क्षेत्र पनि निर्धारण गरेको छ ।
 
जसमा नेपालमा चीन र भारतबाट रेलसञ्जाल जोड्ने, पूर्व-पश्चिम जोड्ने तराई-पहाड दुवैका राजमार्गकलाई फराकिलो बनाउने तथा दोहोर अं‌कको आर्थिक वृद्धि र समुद्रमा नेपाली पानी जहाज चलाउने ओलीको सपना पुरा गर्न पनि चीन सहयोग अपरिहार्य छ ।

अघिल्लो पटक ओली सरकारको समयमा चीनको लगानी भित्रयाउने रणनीति आएको हो । ओलीले चीन भ्रमणमा गएर पारवाहनसहितका विभिन्न सम्झौता पनि गरेका थिए । त्यसपछि ओलीलाई भारत र भारतीय सञ्चारमाध्यमले चीननिकट भन्दै आएका छन् ।

अर्कातिर नेपालको उत्तर सीमा जोडिएको चीनसँग सहकार्यबिना नेपालको विकास अधुरो रहने विश्वाससाथ नेपालले चीनलाई लगानीका लागि बोलाएको हो । उत्तरी क्षेत्रको जटिल भूगोलबाट सडक र रेल विस्तार गर्न चीनको आर्थिक र प्राविधिक सहयोग अनिवार्य जस्तै छ ।

नेपालले आफैँ नयाँ संविधान जारी गरेपछि रिसाएको भारतले नाकाबन्दी गरेपछि सम्बन्ध बिग्रिएपछि नेपालले चीनसँग सहयोग लिने क्रम बढाएको हो । भारतसँग मात्रै रहेको व्यापार र अन्य कारोबार चीनसँग पनि विस्तार गर्न सडक र रेलसञ्जाल निर्माणलाई तीब्र बनाउने रणनीति ओली सरकारले बनाएको उनका एक सल्लाहकार बताउँछन् । तर ओलीसमक्ष छिमेकी फेर्न नसकिने सिद्धान्त अनुरुप भारत र चीनलाई समदुरीमा राखेर नेपालको विकास अघि बढाउने चुनौती पनि छ ।

like & Share.....................................
www.sureshmagar428.blogspot.com

Previous Post
Next Post

post written by:

0 comments: