Sunday, June 24, 2018

SEE Motivational 2074


 


Neeraj Kharel 
SEE (SLC) मा ८५% नम्बर ल्याइयो +2 मा ८०% ल्याइयो अनि Bachelor मा ७०% ठोकियो, कुन चै पुस्तक को कुन पेज को कुन नम्बरमा कुन प्रश्न छ, त्यसको उत्तर के हो सबै रटियो, कसैले सोधे आँखा चिम्लेर खरर कतै नअड्कि कन उत्तर दिइन्थ्यो, तर जब म मख्ख परेर नम्बर ले भरिएको आफ्नो भए भरको "Mark sheet" "Certificate" को फाइल बोकेर, जागिर खान्छु, पैसा कमाउछु, भबिष्य बनाऊछु भनेर अन्तर्वार्ता दिन गए, अन्तर्वार्ता लिने मान्छेहरुले मेरो जिन्दगी भरको दु:ख र मेहनत को कमाई मेरो "Mark sheet" हेरे र थपक्कै भुईमा राखे, यसरि राखे कि त्यसको कुनै मुल्य नै नभए झै लाग्यो,, त्यसपछि म तिर हेरेर हास्दै सोधे, ...तपाई ले त धेरै पढ्नु भएको जस्तो छ...आज सम्म पढेर तपाईले जिन्दगीमा के के कुराहरु सिक्नु भयो? कुन-कुन क्षेत्रमा परिवर्तन का काम हरु गर्नु भयो?... म त्यो प्रश्न को उत्तर दिन अक्मक्किए, किन कि मेरो दिमाग मा "Newton's का सिद्धान्त, बिज गणितका सुत्र, डार्विन का सिद्धान्त, देखि त्यो पेजको त्यो नम्बर को त्यो प्रश्नको उत्तर कण्ठै थियो,, तर पनि उक्त प्रश्नको उत्तर कहिँ भेटिएन, अन्तर्वार्ता कोठा मा छिर्ने बेला छाति फुलाएर गर्बका साथ छिरेको थिए म हातमा भएका "Mark sheet" अनि certificate हरु निक्कै भारि लागेको थियो, तर जब म अन्तर्वार्ता कोठा बाट बाहिर निस्किए ति "Mark sheet" अनि "Certificate" हरु बाटोमा उम्रेका झारको पात भन्दा नि हलुका लाग्न थाल्यो, अनि घर आएर ति सारा "Mark sheet" र "Certificate" काठको दराज मा थन्काउन बाध्य भए...र त्यसपछि हिडे पासपोर्ट बनाउन, ..१७ बर्ष पढेर पाएका “Certificates” हरु भन्दा ७ दिनको प्रयासले बनेको पासपोर्ट अहिले प्यारो लाग्छ, त्यही एउटा पासपोर्टको भरमा सबैका घरका सदस्य ले आ-आफ्नो सपना बुन्ने गर्दछन त्यसैगरी म पनि आफ्नो भविस्य अनि सपना साकर पार्न बिरानो परदेश को मुलुक पराइ भुमिमा आफ्नो रगत अनि पसिनाले सेचन गर्दैछु, ...त्यसैले भाइ बहिनी हरु, जिन्दगीमा तपाईहरुले कस्तो पढ्नु भयो के पढ्नु भयो, कति नम्बर ल्याउनु भयो, त्यसले खासै केहि महत्व राख्दैन तर तपाईहरुले जिन्दगीमा के जान्नु भयो, पढेका कुरा हरु लाई कसरी प्रयोगमा ल्याउनु भयो त्यसले ठुलो प्रभाब पार्छ,, परिक्षामा धेरै नम्बर ल्याएका "Marks" "Certificate" थुपार्न को लागि मात्र होईन, नयाँ कुरा सिक्न जान्न र त्यसलाई प्रयोगमा ल्याउन को लागि पढ्नुहोस् पढेको कुरा हरु लाई ब्याबहार मा उतार्नु होस्, उच्च शिक्षा का लागि यहाँ हरुलाइ शुभकामना ... धन्यवाद !!

Latest
Next Post

post written by:

0 comments: