Sunday, June 24, 2018

SEE Motivational 2074

 


Neeraj Kharel 
SEE (SLC) मा ८५% नम्बर ल्याइयो +2 मा ८०% ल्याइयो अनि Bachelor मा ७०% ठोकियो, कुन चै पुस्तक को कुन पेज को कुन नम्बरमा कुन प्रश्न छ, त्यसको उत्तर के हो सबै रटियो, कसैले सोधे आँखा चिम्लेर खरर कतै नअड्कि कन उत्तर दिइन्थ्यो, तर जब म मख्ख परेर नम्बर ले भरिएको आफ्नो भए भरको "Mark sheet" "Certificate" को फाइल बोकेर, जागिर खान्छु, पैसा कमाउछु, भबिष्य बनाऊछु भनेर अन्तर्वार्ता दिन गए, अन्तर्वार्ता लिने मान्छेहरुले मेरो जिन्दगी भरको दु:ख र मेहनत को कमाई मेरो "Mark sheet" हेरे र थपक्कै भुईमा राखे, यसरि राखे कि त्यसको कुनै मुल्य नै नभए झै लाग्यो,, त्यसपछि म तिर हेरेर हास्दै सोधे, ...तपाई ले त धेरै पढ्नु भएको जस्तो छ...आज सम्म पढेर तपाईले जिन्दगीमा के के कुराहरु सिक्नु भयो? कुन-कुन क्षेत्रमा परिवर्तन का काम हरु गर्नु भयो?... म त्यो प्रश्न को उत्तर दिन अक्मक्किए, किन कि मेरो दिमाग मा "Newton's का सिद्धान्त, बिज गणितका सुत्र, डार्विन का सिद्धान्त, देखि त्यो पेजको त्यो नम्बर को त्यो प्रश्नको उत्तर कण्ठै थियो,, तर पनि उक्त प्रश्नको उत्तर कहिँ भेटिएन, अन्तर्वार्ता कोठा मा छिर्ने बेला छाति फुलाएर गर्बका साथ छिरेको थिए म हातमा भएका "Mark sheet" अनि certificate हरु निक्कै भारि लागेको थियो, तर जब म अन्तर्वार्ता कोठा बाट बाहिर निस्किए ति "Mark sheet" अनि "Certificate" हरु बाटोमा उम्रेका झारको पात भन्दा नि हलुका लाग्न थाल्यो, अनि घर आएर ति सारा "Mark sheet" र "Certificate" काठको दराज मा थन्काउन बाध्य भए...र त्यसपछि हिडे पासपोर्ट बनाउन, ..१७ बर्ष पढेर पाएका “Certificates” हरु भन्दा ७ दिनको प्रयासले बनेको पासपोर्ट अहिले प्यारो लाग्छ, त्यही एउटा पासपोर्टको भरमा सबैका घरका सदस्य ले आ-आफ्नो सपना बुन्ने गर्दछन त्यसैगरी म पनि आफ्नो भविस्य अनि सपना साकर पार्न बिरानो परदेश को मुलुक पराइ भुमिमा आफ्नो रगत अनि पसिनाले सेचन गर्दैछु, ...त्यसैले भाइ बहिनी हरु, जिन्दगीमा तपाईहरुले कस्तो पढ्नु भयो के पढ्नु भयो, कति नम्बर ल्याउनु भयो, त्यसले खासै केहि महत्व राख्दैन तर तपाईहरुले जिन्दगीमा के जान्नु भयो, पढेका कुरा हरु लाई कसरी प्रयोगमा ल्याउनु भयो त्यसले ठुलो प्रभाब पार्छ,, परिक्षामा धेरै नम्बर ल्याएका "Marks" "Certificate" थुपार्न को लागि मात्र होईन, नयाँ कुरा सिक्न जान्न र त्यसलाई प्रयोगमा ल्याउन को लागि पढ्नुहोस् पढेको कुरा हरु लाई ब्याबहार मा उतार्नु होस्, उच्च शिक्षा का लागि यहाँ हरुलाइ शुभकामना ... धन्यवाद !!

Friday, March 2, 2018

नेपालमा लगानी गर्न ओली सरकारले चीनलाई बोलाउने
नेपालमा लगानी गर्न ओली सरकारले चीनलाई बोलाउने 

Image result for china country flag

केपी शर्मा ओली प्रधानमन्त्री भएलगतै चीनलाई प्राथमिकताको क्षेत्रमा लगानी गर्न नेपाल सरकारले आमन्त्रण गरेको छ ।
 
कृषि, पर्यटन, उर्जा, औषधि र भौतिक पूर्वाधार लगायत प्राथमिकताका क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने लक्ष्यका साथ ओली सरकारले चीन सरकारलाई आमन्त्रण गरेको हो ।

नेपालमा निर्यात औद्योगिक क्षेत्र ऐन २०१६, विशेष आर्थिक क्षेत्र २०१६, नेपाल व्यापार अभिबृद्धि रणनीति २०१६ लगायत व्यापार तथा लगानी भित्रयाउने ऐन-कानुनको निर्माण गरिएको छ ।

नेपाल व्यापार अभिवृद्धि रणनीतिले पाँच वर्षसम्म मुलुकमा तीव्ररुपमा औद्योगिक विकास गर्ने कुरालाई प्राथमिकतामा राखेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालमा व्यापार तथा लगानी ल्याउन सहजीकरण गरिदिन नेपाल र चीनका संगठनलाई आग्रह गर्दै पत्र लेखेको हो । लगानी भित्रयाउन कानुनी प्रावधानलाई सहज र सरल बनाउने कुरा चीनलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।

नेपाल-चीन पारिस्परिक सहयोग समाजका अध्यक्ष प्रेमसागर पौडेलले नेपालमा चिनियाँ लगानी भित्र्याउन चीनका ब्यापारी र ब्यापारिक संघसंस्था ब्यग्रताका साथ पर्खिरहेका बताए । 'केपी नेतृत्वको सरकारले लगानीमैत्री वातावरण बनाउनेमा चिनियाँ कम्पनी विश्वस्त रहेका छन्', उनले भने ।
चीनस्थित सुईनिङ्ग चेम्बर अफ कमर्सका अध्यक्ष मि वाङ्गले आफुसँगको भेटमा नेपालमा लगानीको लागि इच्छा प्रकट गरिसकेका पौडेलले बताए ।
उनले नेपालको आग्रहलाई चीनका संघसस्थाले सकारात्मक रुपमा लिँदै लगानीका लागि तयार भएको बताए । नेपालको आर्थिक विकास र समृद्धिका लागि नजिकका दुवै ठुला छिमेकी चीन र भारत दुवैको सहयोग अपरिहार्य छ । मुलुकको तीव्र आर्थिक विकासका लागि नेपालले प्राथमिकतका केही क्षेत्र पनि निर्धारण गरेको छ ।
 
जसमा नेपालमा चीन र भारतबाट रेलसञ्जाल जोड्ने, पूर्व-पश्चिम जोड्ने तराई-पहाड दुवैका राजमार्गकलाई फराकिलो बनाउने तथा दोहोर अं‌कको आर्थिक वृद्धि र समुद्रमा नेपाली पानी जहाज चलाउने ओलीको सपना पुरा गर्न पनि चीन सहयोग अपरिहार्य छ ।

अघिल्लो पटक ओली सरकारको समयमा चीनको लगानी भित्रयाउने रणनीति आएको हो । ओलीले चीन भ्रमणमा गएर पारवाहनसहितका विभिन्न सम्झौता पनि गरेका थिए । त्यसपछि ओलीलाई भारत र भारतीय सञ्चारमाध्यमले चीननिकट भन्दै आएका छन् ।

अर्कातिर नेपालको उत्तर सीमा जोडिएको चीनसँग सहकार्यबिना नेपालको विकास अधुरो रहने विश्वाससाथ नेपालले चीनलाई लगानीका लागि बोलाएको हो । उत्तरी क्षेत्रको जटिल भूगोलबाट सडक र रेल विस्तार गर्न चीनको आर्थिक र प्राविधिक सहयोग अनिवार्य जस्तै छ ।

नेपालले आफैँ नयाँ संविधान जारी गरेपछि रिसाएको भारतले नाकाबन्दी गरेपछि सम्बन्ध बिग्रिएपछि नेपालले चीनसँग सहयोग लिने क्रम बढाएको हो । भारतसँग मात्रै रहेको व्यापार र अन्य कारोबार चीनसँग पनि विस्तार गर्न सडक र रेलसञ्जाल निर्माणलाई तीब्र बनाउने रणनीति ओली सरकारले बनाएको उनका एक सल्लाहकार बताउँछन् । तर ओलीसमक्ष छिमेकी फेर्न नसकिने सिद्धान्त अनुरुप भारत र चीनलाई समदुरीमा राखेर नेपालको विकास अघि बढाउने चुनौती पनि छ ।

like & Share.....................................
www.sureshmagar428.blogspot.com

Happy Holi 2074
Image result for holi

अाज काठमाण्डाै लगायत देशका विभिन्न भू-भागका रङ्गका खेलाडिहरु अाराम गरिरहेका होलान । अझ भनौ नेपालको पहाडी, भित्री मधेश अनि मध्य पहाडी भेगमा रङ्गमा रमाउनेहरुले हिजो नै रङ्ग अनि उमङ्ग साटासाट गरिसके अब पालो तराईको, अझ भनौ मधेशको ।
 

नेपालको पूर्व मेची देखि पश्चिम महाकालीसम्म महेन्द्र राजमार्गसँग लुटपुटिएका तरार्इका सुन्दर भू-भागहरु रहेका छन्, ठूला-ठूला घरदेखि स-साना झुपडीसम्म, सुर्ति फलेका खेत देखि धानका बालासम्म अनि विभिद भाषा अनि संस्कृतीकाबिच तरार्इ नेपालमा शोभायमान छ । खोलानाला अनि उब्जनी माटोले सिचींत यस भुभाग नेपालको अन्न भण्डार अनि पौरखीहरुको थलो हो, जहाँ मानो खाएर मुरी उब्जाईन्छ ।
 

जोगिरा सरररररररर,
कुन तालमे ढोलक नाचे 

कुन ताल मजीरा
कुन तालमे नटुवा नाचे 
कुन ताल नजाराके 
वोलो साराराराराराराराराराराके
वोलो सारारारारारारारारारारारा जोगिरा सारारारारााराररारारा, 

यो गीत अनि वाक्याशंले तराईको जिवनशैलीलाई टपक्कै टिपेको छ । ढोलक अर्थात चेप्टो खाले विशेष मादल, तराईको विशेष अनि मौलिक ढोलकको तालमा तराईवासीले कुनैपनि शुभकार्य या चाडवाड या समारोहको जनाउ गर्दछन् । अनि यो होली या फागुमा जोगीराको चर्चा चल्दछ । ठ्याक्कै यकिन गरेर जोगीराको अर्थ निकाल्न गाह्रो छ तथापि जोगीरा त्यो हो जो रंग र भाङ्गको तालमा हूल बनाएर एक टोलबाट अर्को टोल, एक अाफन्तकोबाट अर्कोमा अनि एउटा साथीकोबाट अर्को साथीको घरमा पुगी मालपूवा, नरीवल तथा अन्य सुख्खा बदाम, छोकडा खाएर एक अापसमा रङ्ग दलेर खुशियाली साटासाट गरिन्छ । जोगि अर्थात केही लिन र केही दिनसंग वास्ता नभएको, सुख्ख र दुख्खको झेलमा नअल्झिएको अनि समपूर्ण रुपमा साधूजस्तो सांसारीक बन्धनवाट टाढिएको मान्छे, जोगीरा, विन्दास अनि फिक्री नभएको मान्छे । मजीरा अर्थात आफूलाई जनाएको हो, फरक तालको नचाई तथापि एउटै समानता सरररररररररर भन्नाले मिठो नशाको रिङ्गटालाई ब्यक्त गरिएको छ ।
जोगीरा हुनकालागि आज केही मात्रामा भाँगको घोटा पिईन्छ । भाँगको नशाले सबैलाई जोगीरा बनाउँछ कि बनाउँदैन त्यो त दैव जानोस तर भाङ्ग लगायत अन्य नशालु पदार्थको प्रयोग र चाडवाडको सन्दर्भलाई फरक रुपमा देख्न जरुरी छ ।


झण्डै कुरा अन्तै मोडेको, आउनुहोस् तराईकै ढोलकको तालमा गफिअाैं न... पूर्वि तराईका राजवंशी, सन्थाल, मुसहर, थारु,  तथा अन्य विभिध जातजातीहरु लगायत पश्चिमी भेगका नेपाली तराईवासीहरुसम्म आज यो रङ्गिन चाड मनाउँदैछन् । अब हामी यस विशेष दिन तरार्इमा पारम्परीक नृत्यको जग सम्हाल्दै अाएका नटुवा समूदायको प्रसङ्ग उल्लेख गर्न चाहन्छौं । डोरीको खाटमा बसेका धोती कुर्ता लगाउनुभएको हजुरवुवाले सुनाउनुहुन्थ्यो र म आज यादगर्दै लेख्दै छु । उहिले तराईमा अहिलेजस्तो मनोरञ्जनका साधन थिएनन, रमाईलो गर्नकालागि सिमापारीबाट अार्केष्ट्रा ल्याईन्थ्यो अनि विभिन्न गीतहरुमा नाच्दै अर्केष्ट्राका सदस्यले मनोरञ्जन गराउँदथे । वारीपारी गाउँ थर्किने गरि तेर्सो पारिएको बडेमानको एम्पलीफायरमा आवाज अनि गीतहरु बजिरहन्थ्यो । यस्ता कार्यक्रमहरु नवरात्री या अन्य चाडहरु जस्तै होलीताका ल्याईने चलन अझै छ र यसरी आएका अार्केष्ट्राका सदस्यहरुमा नाच्ने सदस्यहरुलाई नटुवा भनिन्छ, गाउँ-गाउँमा यस्ता नटुवाहरु हुन्छन् जसले पुरुष भएतापनि महिलाको झै देखिने पैतला सम्मको फराक जस्तो पहिरन लगाएर घुमी घुमी नाच्दै नृत्य प्रस्तुत गर्ने गर्दछन् ।
 

आज होलीमा पनि तराईका धेरै ठाउँहरूमा पारम्परीक नटुवा नृत्यका साथ नटुवाहरु नाच्दछन् । तरार्इको पारम्परीक यी कलाकार समूदायले फागुको रङ्गमा नृत्य प्रस्तुत गर्दै  एउटा गाँउबाट अर्को गाँउमा पुग्ने गर्दछ । साईकलका घण्टहरु अनि पाईडलका कुँई कुँई आवाज, खेतका आली आली कुदेका होलीका खेलाडी, घर पछाडीको परालको टाली अनि आँगन छेउको धानको भकारी । थालमा पस्किएको मालपुवा लगायत तरुवा, बगरुवा, माछा मासु अचार अनि तिल या आलसको अदुवा हालेर वनाएको छोपको अचार अनि विभिन्न मिठाईहरु आज विशेष महत्वसहित खाईन्छ । अब हाम्रो पात्रो मोबाईल एप्स, सम्पूर्ण नेपालीजनलाई प्रविधीको एउटै सुत्रमा बाँध्ने सुत्रधार हो र यो सुत्रधारले के पडाड, के तरार्इ नि के हिमाल ?

वास्तवमा अहिलेको जस्तो कृत्रिम रङ्गहरू नभईकन होलीको वास्तविक खेलिने रङ्गहरुमा, पँहेलोकालागि, केशर रातोकोलागी अबिर या लालगुलाल पनि भनिन्छ र चामलको पिठोको सेतो पिठो, चन्दन लगायत अन्य प्राकृतीक रङ्गहरुको चलन थियो । सुस्तरि यी कुराहरुलाई बजारमा सहज उपलब्ध रङ्गहरुले विस्थापन गर्दै गएको हो । ल है लगाएको रङ्ग त भोलीसम्ममा उत्रेला तर होलीको यो भाईचारा र उत्साहका साथै सकारात्मक सोंच कहिल्यै नघटोस् । तरार्इ, पहाड र हिमाललार्इ यसले जोडीरहोस् ।
 

अझ होलीमा भक्त प्रल्हादलाई आगोमा जलाउन खोज्ने राक्षसनी होलिकालाई दहन गर्ने चलन छ । तराईमा गाईगोरुको गोबरलाई सुकाएर आगोको दाउराकारुपमा प्रयोग गर्न गुईठा बनाउने चलन छ, यस्ता गुईठाहरुलाई खुल्ला ठाँउमा जम्मा गरेर अनि त्यसमा होलीकाको पुत्ला राखेर आगो बालि होलिका दहन गर्दै अन्यायमाथि न्यायको विजयको रूपमा विजय उत्सव मनाउने चलन पनि छ । सुस्तरि यस्ता चलनहरु घट्दो क्रममा भने रहेकै हुन् । मिथिला भुमीमा भने धनुषा धामको कचुरीबाट डोला उठाएर जटही लगायत महोत्तरीको मठियानी, जलेश्वर, डाम्ही, धनौरा हुँदै कन्चनवन आएर होली मनाउने धेरै पुरानो चलन छ । यस्तो डोलीको तिर्थालु पदयात्रालाई परिक्रमा भनिन्छ । कन्चनवनमा सकिएको परिक्रमा यात्रीहरु जनकपुरमा आएर अन्तगृह घुमेपछी होलीको समापन गरिन्छ । यस्ता पदयात्रामा राम अनि सीताका कथाहरु अनि भजनहरु गाईन्छ ।
 

कन्चन वन राम खेले होरी भन्दै गीत गाईन्छ, अस अर्थमा भगवान राम पनि कन्चन बनमा होली खेल्न आएको जनविश्वास र किम्बदन्ती छ । होलीको छनक यस दिनमा अभुतपूर्व रहन्छ ।
 

पश्चिम नेपाली तराईहरुमा भने माटोले होली खेल्ने चलन पनि छ, बहुतै सदभावका साथ सुख्खा या भिजेको माटोको सुस्त लेप एकअर्कामा लगाएर होली प्रारम्भ गरिन्छ । 
 

सबै तर्फबाट नेपालीजनका कुराहरु एकै थलोमा भेला पार्दछ, आज तराई होलि विशेषलाई विट मार्यौ । अर्को वर्ष फेरि तराईका परिवेश लिएर आउने छौ । आज समस्त तराईले एउटै गीत गाँउछ होली हे~~~~


LIke & Share................

www.sureshmagar428.blogspot.com

Wednesday, January 3, 2018

Mysterious big bang, possibly an ice quake, shakes Alberta village in Canada.
Cracks in the ice

ALBERTA BEACH, Alta. -- Some residents of a village west of Edmonton awoke earlier this week to a very loud bang, and in the morning they reported cracks in homes and the ground.

Two seismic events wreaked havoc on homes in a small village northwest of Edmonton late Monday night.
The 2.0 magnitude quakes happened around 11:45 p.m, a spokesperson from the Alberta Energy Regulator said in a statement to CBC News Tuesday.

Staff at the energy regulator continue to investigate but said preliminary information suggests that "both events are consistent with reports of an earthquake."
A spokesperson for the regulator said they believe Alberta Beach suffered from two naturally caused ice quakes.
Ice quakes happen when cold winter temperatures quickly freeze groundwater, causing the ground to suddenly crack and make popping sounds.

Tuesday, December 19, 2017

Suresh Ko Joks
Image may contain: text


धुर्मुस स्वर सम्राट
धुर्मुस आफुलाई खुब स्वर सम्राट मान्थ्यो……….यतिक् कैमा एकदिन एउटा किसानलाई गीत सुनायो……….
केही बेर पछी किसान सुक-सुक गर्दै रुन थाल्यो ….)
धुर्मुस :- (मन मनै खुशी हुँदै ) खुशी लाग्यो मेरो सँगीतको राग बुझ्ने तिमी मात्रै रहिछौ.
किसान ;- म हजुरको गीत सुनेर रोएको होइन ….
धुर्मुस :- अनी किन त …………..?
किसान :- पोहोर साल मेरो एउटा गोरु मर्यो, मर्ने बेलामा यस्तै स्वर निकालेको थियो …….. आज मलाई मेरो गोरुको याद आयो अनी रोएको


शेरेले एउटीलाई धेरै माया गर्थ्यो
शेरेले एउटी केटीलाई धेरै माया गर्थ्यो तर डराएर केही भन्न सकेको थिएन ।
1 दिन उसले म्यासेजमा I love u लेखेर पठाउने निर्णय गरेछ ।
उसले राती ‘I LOVE U’ लेखेर केटीको नंबरमा म्यासेज पठाएछ ।
केही समय पछि शेरेको मोबाइलमा म्यासेजको रिङटोन बजेछ तर उसले भोलीपल्ट बिहान नुहाइधुवाई गरेर मन्दिर गएर मात्र म्यासेज पढ्ने निर्णय गरेछ र सुतेछ ।
रात भरि केटीकै सपना देखेछ ।
बिहान उठेर नुहाएछ र मन्दिर गएछ । अनि मन्दिर गएर आएर म्यासेज पढेको त यस्तो लेखेको रैछ
.
.
.
+9771414 Your
Message Not delivered.
Account balance: 0.17 Rupees.
Please recharge in time.
Thank you                                                                                                                     - Suresh Magar

Tuesday, July 4, 2017

Monday, March 27, 2017

Samsung Galaxy A3 2017
Hello Friend This is new Suresh Magar Phone





Samsung Galaxy A3 2017






Launch : 2017, January
weight: 136 g
sim:Single sim ( Nano - sim ) or dual sim ( Nano-sim,dual stand )
       :water proof over 1.5 meter 30 min
Size: 4.7 Inches
os: Android OS, v6.0.1 ( Marshmallow )
Memory: Card slot: up to 256 Gb 
                : internal 16gb, 2gB Ram
camera: primary : 13 mp
                : secondary : 8 mp, f/1.9
sound : Loadspeaker: Yes
wifi, Bluetooth, GPS
Battery: 2350 mah




Thursday, February 16, 2017

Top 5 Camera Phone

Top 5 Camera Phone

1. Apple iphone 7 plus




2. Google pixel xl


3. Samsung Galaxy s7 edge





4. Apple iphone 7

5. Apple iphone 6s plus



sureshmagar

Monday, January 23, 2017

Making  Mask
Making Mask........


                                                                                                                       -  Suresh Magar

Tuesday, January 17, 2017

Saturday, December 17, 2016

Wednesday, May 18, 2016